१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मृत भेटिएका चितवनका व्यवसायी कँडेलबारे रवि : म सत्य, न्याय र पीडितको पक्षमा छु

२४ बैशाख २०८०, आईतवार ०९:३९

वैशाख २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू  सत्य,न्याय र पीडितको पक्षमा रहेको बताएका छन् । चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा आफूले अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको उनको भनाइ छ । 

‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु’, चितवन–२ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

 घटनामा राजनीतिको रंग नपोतियोस् भनेर आफू सचेत रहेको उल्लेख गर्दै लामिछानेले प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको बताएका छन् । 

‘म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु’, उनको भनाइ छ, ‘ आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल  केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरिरहेको छु।’

केही दिनअघि कंणेलले आत्महत्या गरेका थिए । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण