वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
सांसद सिहंले बैठकमा उठेर कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन भन्दै प्रतिनिधि सभाको नियमावली अनुसार चेतावनी समेत दिए।