२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदलाई परराष्ट्र मन्त्रालयको जवाफ : लिम्पियाधुरा फिर्ता ल्याउन पहल भइरहेको छ

२०८०, २५ बैशाख सोमबार ०७:३१

वैशाख २५, काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने पहल निरन्तर भइरहेको बताएको छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभामा लिम्पियाधुरा फिर्ताका लागि भइरहेको पहलबारे जानकारी माग गरेका थिए ।

सांसद सुवालले प्रश्न गरेपछि प्रतिनिधिसभाले परराष्ट्र मन्त्रालयलाई ‘नेपालको पूर्व, दक्षिण र पश्चिमतर्फ भारतसँगको खुला सिमानाको ६६८ ठाउँमा भइरहेको भारत अतिक्रमित नेपाली भूमि कहिले फिर्ता हुन्छ ? नेपाल–भारत सीमा विवाद समाधान नहुनुमा दोषी को–को हुन् ?’ भनी प्रश्न गरेको थियो । परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई पठाएको जवाफमा अतिक्रमित भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भइरहेको उल्लेख छ ।

‘सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग हो भन्ने तथ्यमा नेपाल सरकार स्पष्ट र दृढ रहेको । सो भू–भाग फिर्ता गर्ने सम्बन्धमा कूटनीतिक माध्यमबाट निरन्तर पहल भई रहेको अवस्था छ’ परराष्ट्र मन्त्रालयको जवाफमा भनिएको छ ।

सन् १९८१ को फेब्रुअरीमा नेपाल–भारत संयुक्त प्राविधिक समिति गठन भई उक्त समितिबाट नेपाल–भारत सीमा सम्बन्धी कार्य प्रारम्भ भएको पनि परराष्ट्र मन्त्रालयले बताएको छ । सन् १९८१ देखि २००७ सम्ममा सुस्ता र कालापानी क्षेत्रबाहेक नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक प्रविधिबाट १८२ थान स्ट्रिप नक्सा तयार गर्ने कार्य सम्पन्न गरेसँगै उक्त समितिको कार्यविधि समाप्त भएको पनि परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभालाई जवाफ पठाएको छ ।

नेमकिपाका सांसद सुवालले यही विषयसँग सम्बन्धित प्रश्न गृहमन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि सोधेका थिए ।

‘नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनालाई कहिलेदेखि हटाइँदैछ ?’ भन्ने प्रश्नमा गृह मन्त्रालयले ‘उल्लिखित विषय कुटनीतिक तथा दुई देशबीचको आपसी समझदारीका माध्यमबाट हल गर्नुपर्ने’ जवाफ दिएको छ ।

भूमि व्यवस्था मन्त्रालयले ‘सम्बन्धित निकायबाट उक्त विषयमा विवरण पेश हुने ब्यहोरा अनुरोध छ’ भन्ने जवाफ पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा