१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कालीकोटमा बलात्कार आरोपीलाई पक्रन गएको प्रहरी टाेलीमाथि ढुङ्गामुढा

२५ बैशाख २०८०, सोमबार ०८:०८

वैशाख २५, काठमाडौँ । कालीकोटमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ । पलाँता गाउँपालिका ६ सैनामा जबरजस्ती करणी मुद्दाका आरोपीलाई पक्रन गएको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुढा गरेका हुन् ।

आज बिहान जबरजस्ती करणीको आरोप लागेका सोही ठाउँका ३१ वर्षीय शंक बुढालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले अवरोध गरेपछि भएको झडपमा इलाका प्रहरी कार्यालय पलाँताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएका छन् ।


घटनापछि आरोपी बुढा फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए । बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएका उनले बताए । 

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको प्रवक्ता श्रेष्ठले बताए । प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण