१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली

२५ बैशाख २०८०, सोमबार १२:२३

वैशाख २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् । 

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्ने बताएका हुन् । 


‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ’, अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पुर्‍याउने कुरा चाहिं नयाँ हो । एमाले सबभन्दा नयाँ पार्टी हो ।’

ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला  फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताए । नयाँ पार्टीहरुलाई संकेत गर्दै उनले बोतल जुनसुकै कलरका भएपनि रक्सी उही रहेको बताए । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए । 

पुर्वप्रधानमन्त्री ओलीले भने, ‘तितेपातीले हिउँद देख्यो भने बर्खा देख्दैन।'

ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताए । 

अध्यक्ष ओलीले भने, ‘केही करप्सनका कुरा आउन सक्छन्, कोही कसैले करप्सन गर्ला पनि । व्यक्तिगत तवरमा कसैले गर्यो भने त्यसप्रति एमालेको समर्थन नरहनेमात्रै होइन त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै पनि टोलोरेट गर्दैन ।

तर अध्यक्ष ओलीले एमालेका विरुद्ध यसलाई पनि र उसलाई पनि तान भनेर निर्देशन दिने कुराहरु भए चुप लागेर नबस्ने बताए । पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोतर्फ संकेत गर्दै उनले एमालेलाई बद्नाम गर्ने दुस्साहस नगर्न चेतावनी पनि दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण