२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली

२०८०, २५ बैशाख सोमबार १२:२३

वैशाख २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् । 

सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्ने बताएका हुन् । 


‘बुढो विचार बोकेर खोलेको पार्टी कसरी नयाँ’, अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ त्यो एउटा एनेक्स हो । समाजलाई नयाँ परिवर्तनमा पुर्‍याउने कुरा चाहिं नयाँ हो । एमाले सबभन्दा नयाँ पार्टी हो ।’

ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला  फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताए । नयाँ पार्टीहरुलाई संकेत गर्दै उनले बोतल जुनसुकै कलरका भएपनि रक्सी उही रहेको बताए । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए । 

पुर्वप्रधानमन्त्री ओलीले भने, ‘तितेपातीले हिउँद देख्यो भने बर्खा देख्दैन।'

ओलीले पार्टीकै केही मान्छेले व्यक्तिगत रुपमा कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई एमालेले नसहने पनि बताए । 

अध्यक्ष ओलीले भने, ‘केही करप्सनका कुरा आउन सक्छन्, कोही कसैले करप्सन गर्ला पनि । व्यक्तिगत तवरमा कसैले गर्यो भने त्यसप्रति एमालेको समर्थन नरहनेमात्रै होइन त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै पनि टोलोरेट गर्दैन ।

तर अध्यक्ष ओलीले एमालेका विरुद्ध यसलाई पनि र उसलाई पनि तान भनेर निर्देशन दिने कुराहरु भए चुप लागेर नबस्ने बताए । पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोतर्फ संकेत गर्दै उनले एमालेलाई बद्नाम गर्ने दुस्साहस नगर्न चेतावनी पनि दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो