२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

२०८०, २६ बैशाख मंगलवार ०७:२७

वैशाख २६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको बताइन् ।

उनले भनिन्, ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’

उनले कांग्रेस सांसद तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई संकेत भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भन्दै प्रश्न गरिन् ।

नक्कली शरणार्थी प्रकरणमा आरजुको पनि नाम मुछिएपछि उनले महिला हिंसाको कुरा उठाएकी थिइन् ।

उनले आरजुलाई लक्षित गर्दै भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो । भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो