९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुर रायमाझी भारत पुगेको प्रहरी निष्कर्ष, छानबिनबाट पछि नहट्न सांसदहरूको ध्यानाकर्ण

२६ बैशाख २०८०, मंगलवार ०८:२३

वैशाख २६, काठमाडौं | नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुटवल हुँदै भारत पुगेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले भारतसम्मै टोली पठाएर उनको खोजीको तयारी गरेको छ भने देशभर नै रायमाझी खोजीका लागि आफ्ना निकायमा परिपत्र गरेको छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेको एक साता बित्न लाग्दा पनि सम्पर्कमा आउँछु भनेका रायमाझी आएका छैनन् । बुटवलबाट प्रहरी नेतृत्त्वलाई आफूले अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।

“उनी भारत पुगेको आशंका हामीले गरेका छौँ,” प्रहरी उच्च स्रोतले भन्यो, “उहाँले परिवारका सदस्यलाई पनि निगरानीमा राखेका छौँ । भारतबाट परिवारलाई सम्पर्क गरेको पाइएको छैन ।”

उनका अनुसार भारत नै पठाएर पनि उनको खोजी जारी राखिनेछ ।  ती प्रहरी अधिकारीले पार्टीका केही नेताहरुसँग सम्पर्कमा रहेको हुन सक्ने आशंका व्यक्त गरे पनि कोसँग भन्ने खुलाउन चाहेनन् ।

“प्रहरीले मुद्दा अदालतमा बुझाएपछिमात्रै आउने तयारी होला,” प्रहरी स्रोतले भन्यो, “हामीले त्यो अवस्था आउन दिने छैनौँ ।”

अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् । उनको मोबाइल बुटवलमा अफ भएको पाइएको प्रहरी स्रोतले जानकारी दियो । प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।

उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको स्रोतले बतायो । नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुको म्याद थप गरेर अनुसन्धान गरिएको छ । पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि यो घटनामा मुछिएका छन् ।

पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ । केपी शर्मा ओली नेतृत्त्वमा रहेको तत्कालीन सरकारले नेपालमा छुटेका शरणार्थीको समस्या स्थायीरुपमा समाधान गर्न भन्दै कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्त्वमा बनाइएको समितिमा बाहिरबाट पनि कार्यकर्ता राखेर नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइएको थियो ।

पन्थी नेतृत्त्वको कार्यदलले काम गरिरहेका बेला झापा, मोरङ, सुनसरी, अर्घाखाँची, बाग्लुङ, गोरखालगायतका जिल्लाका गरी ८७५ जना युवाबाट १० देखि ५० लाखसम्म उठाएको पाइएको छ । यसैबीच प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबाट पछि नहट्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको छानविनको अवस्थाका बारेमा सरकारले जानकारी गराउनुपर्ने बताए । उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघाती कदम भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने धारणा राखे ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दवावमा नपरि अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको बताइन् । उनले यस प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै