१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ढाकाकुमार भन्छन् : सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन!

२६ बैशाख २०८०, मंगलवार ०९:०४

वैशाख २६, काठमाडौं | पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको दाबी गरेका छन् । उनले सत्य कसैले पनि लुकाएर नलुक्ने दाबी गरेका छन् । आज फेशबुक पेजमार्फत श्रेष्ठले भनेका छ्न–‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला।’

उनले लेखेका छन्-

सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा नमस्कार!!!

बोलेर जित्ने भनेको बादबिवाद प्रतियोगितामा हो। विषम परिस्थितीमा गाह्रो अवस्थामा संयमता ,धैर्यता र विवेक प्रयोग गर्नु पर्छ। खाएको बिष लाग्छ, जवरजस्ती कसैको शरीरमा हिलो छ्याप्दैमा केही समय त लाग्ला कि यो मान्छे फोहोरी हो भन्ने तर समय र परिस्थिती संगै सबै कुरा छर्लंङग दुधको दुध पानिको पानि छुट्टी हाल्छ। सुर्यले म पूर्वबाट उदाउछु भनिरहनु पर्छ र? आगोले मैले पोल्छु भनिरहनु पर्छ र? सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन। असत्यले केही समय भ्रम छरे पनी बिस्तारै सत्यले त्यो भ्रम तोड्दै आफ्नो वास्तविकता स्थापित गरेर छाड्छ।

म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर राजनितीमा होमिए तर दुर्भाग्य जसरी नियोजित रुपमा म माथि षडयन्त्र भयो यस्लाई इतिहासले समिक्षा गर्ला। म भर्खरै राजनितीमा आफ्नो भविष्य खोज्दै गरेको यूवालाई जसरी कलिलो मुनामै निमुठ्ने कोशिस गरियो यो राष्ट्रका लागी र भावी यूवा पुस्ता जो राजनितीमा आउन चाहन्छन उनका लागी पनि एउटा दुखद सन्देस हो। जस्को कोही पनि हुदैन उस्को साथमा भगवान हुन्छन। जव दुनिया नै तपाईको बिरुद्धमा लाग्छ तव तपाई सही मार्गमा हुनुहुन्छ भनेर बुझ्नुहोस।

अन्तमा प्रत्यक्ष अप्रत्यक्ष मलाई यो कठिन परिस्थितीमा साथ सहयोग गर्ने तपाई सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा हार्दिक नमन, धन्यवाद

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण