१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशमलाई छुटाउन ऐन संशोधनको तयारी

२६ बैशाख २०८०, मंगलवार ०९:३०

वैशाख २६, काठमाडौं | एक दुधेबालक र सुरक्षाकर्मीसहित आठ जनालाई एकै चिहान पारिएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई छुटाउने तयारी भएको छ । अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका चौधरीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने तयारी सरकारले गरेको छ ।


नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी छुटाउन सरकारले कानुन नै संशोधन गर्ने भएको छ । हाल सत्ता साझेदार रहेको नागरिक उन्मुक्तिकै दबाबमा विधेयक अघि बढेको छ ।

रेशम पत्नी रञ्जिता श्रेष्ठ हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छिन् । सरकारलाई समर्थन गर्ने बेलामै रेशमलाई छुटाउने शर्त श्रेष्ठले राखेकी थिइन ।

कानुन मन्त्रालय स्रोतका अनुसार सरकारले चौधरीलाई छुटाउन सहज हुने गरी चाँडै संसदमा संशोधन विधेयक दर्ता गर्दै छ । गत वैशाख १९ गते नै मन्त्रिपरिषद् बैठकले ‘केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक’ संसदमा लैजाने निर्णय गरिसकेको छ  । एसएसपीलगायत प्रहरीको क्रुर हत्यामा संलग्नलाई छाड्ने सरकारको तयारीमा मानवअधिकारवादी, नागरिक समाज र प्रहरी भित्रैबाट असहमति प्रकट भएका छन् ।

आन्दोलनका नाममा सुनियोजित र षड्यन्त्रपूर्ण ढंगले प्रहरीकै हत्या गर्न उद्दत संगठन वा व्यक्तिलाई उन्मुक्ति दिँदा सुरक्षाकर्मीको मनोबल खस्कने चिन्ता अधिकारीहरूको छ ।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि चौधरीलाई छुटाउन अध्यादेश नै ल्याएको थियो । तर, चौतर्फी विरोध भएपछि कार्यान्वयनमा आएको थिएन ।

देउवाले अध्यादेशमार्फत ल्याएको प्रावधान हुबहु राखेर विधेयक संसदमा लैजाने गृहकार्य सरकारले थालिएको छ ।

मौजुदा मुलुकी फौजदारी अपराध संहिताले नकारात्मक र सकारात्मक सूचीका मुद्दाहरू छुट्याएको छ । सकारात्मक सूचीमा रहेका मुद्दाहरू सामान्य प्रकृतिका हुन् । यस्ता मुद्दाहरू अहिले पनि अदालतको सहमतिमा फिर्ता लिन सकिने कानुनी प्रावधान छ ।

तर, नकारात्मक सूचीका मुद्दा गम्भीर फैजदारी प्रकृतिका भएकाले फिर्ता लिने छुट छैन । ‘अमानवीय तवरले नियन्त्रणमा लिई ज्यान मारेकोे’ कसुर अन्तर्गत चौधरीको मुद्दा नकारात्मक सूचीमा पर्छ  । चौधरीविरुद्धको मुद्दा फिर्ता लिन सहज हुने गरी ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान संशोधिक विधेयकमा जोडिएको छ ।

विधेयकमा नकारात्मक सूचीको मुद्दालाई फिर्ता लिन राजनीतिक प्रकृतिको घटना बनाउन खोजिएको स्रोतको दाबी छ ।

टीकापुर हत्या प्रकरणको मुद्दामा चौधरी जिल्ला अदालत र उच्च अदालतबाट दोषी करार भइसकेका छन् । जिल्ला अदालत कैलालीले ०७५ जेठमा चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्ष कैद र एकजनालाई तीन महिना कैदको सजाय सुनाएको थियो ।

उच्च अदालत दिपायलले चौधरीविरुद्ध जिल्लाबाट भएको फैसलालाई सदर गरेको थियो । चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

टिकापुर घटनामा घेराबन्दीमा पारेर लखेटीलखेटी ढुंगा, मुंङ्ग्रा, भाला, खुकुरी र चक्कुले हानेर क्रुर तबरले प्रहरीको ज्यान लिइएको थियो । नियन्त्रणमा लिई क्रूर हत्या भएका कारण अन्तर्राष्ट्रिय रुपमा समेत यो हत्याकाण्ड क्रुर मानवताविरुद्धको अपराधमा दर्ज भएको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा यस्तो मुद्दा फिर्ता लिन नहुने भन्दै गम्भीर प्रश्न उठिरहेका बेला सरकारले कानुन संशोधन गर्न लागेको हो ।

यो विधेयक पारित भए संसदीय चुनावका बेला वम विस्फोटपछि जिउँदै ईंटाभट्टामा जलाएर ज्यान लिएको मुद्दामा सजाय खेपिरहेका कांग्रेस नेता मोहम्मद अफताप आलमका लागि पनि सहज हुनेछ । मुद्दा फिर्ता लिन वा सजाय भइहालेमा माफी मिनाहा गर्न नजिर बन्ने छ ।

अपराधमा उन्मुक्तिलाई कानुनी राज, विधिको शासन, मानवअधिकार र न्याय कुनै दृष्टिले जायज मान्न सकिँदैन । यसले दण्डहिनतालाई नै प्रश्रय दिने र आम सर्वसाधारणमा भयको वातावरण सिर्जना गर्ने दअधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण