१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : लिङ्देन

२७ बैशाख २०८०, बुधबार ०६:५१

बैशाख २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ ।

बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए । यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए ।

उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।

प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘शीर्ष नेताहरु, सरकारको गलत मनसाय छैन प्रष्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसदलाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण