२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जब पूर्वगृहमन्त्री खाँणले ‘जबरजस्ती गर्ने ?’ भन्दै प्रहरीको प्रतिवाद गरे..

२०८०, २७ बैशाख बुधबार ०८:१०

वैशाख २७, काठमाडौँ | चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो । नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी भएको सूचना चुहिँदा प्रहरीले अपजस खेप्नु परिरहेको छ ।

यस्तोमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको संलग्नता देखिएपछि उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले गोप्य अपरेशन चलाएको थियो । सादा पोशाकका प्रहरी बिहान ९ बजेतिर उनको घरभित्र छिरेको थिए । टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बतायो ।

तर, खाँणले आफूले केही गल्ती नगरेको जिकिरसहित ‘किन जाने ?’ भन्दै प्रतिवाद गरे । त्यसपछि खाँणको घरमा रहेको प्रहरी टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई पनि खबर गर्यो । त्यसक्रममा बयानका लागि जानुपर्ने भएको भन्दै उनले पनि बताएपछि खाँण ‘फोन गर्छु’ भन्दै कोठाभित्र प्रवेश गरे । तर, निकै बेर खोलेनन् । उनले ‘जे–जे सोध्नुपर्ने छ, यहीँ सोध्नु’ भन्दै जवाफ फर्काए । खाँणको घरमा पुगेका एक प्रहरी अधिकृतका अनुसार त्यसक्रममा उनलाई फोन गर्न पनि टेकु गएपछि दिइने बताइएको थियो । 

 खाँणले ‘जबरजस्ती गर्ने’ भन्दै प्रतिवाद गरे । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिइएको घटनास्थलमा पुगेका प्रहरी अधिकृतले बताए । उनले भने,  ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, केहीबेर तानातान भएको थियो ।’  

उनकै गाडीमा टेकुसम्म जान अनुरोध गर्यो । त्यसपछि प्रहरी टोलीले पूर्वगृहमन्त्री खाँणलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा ल्यायो ।

टेकुमा अहिले उनीसँग प्रारम्भिक सोधपुछ भइरहेको छ । खाँणविरुद्ध थप अनुसन्धानका लागि बुधबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ । म्याद लिएपछि उनीविरुद्ध विस्तृत अनुसन्धान हुने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ । यो प्रकरणमा थप १०/११ जना पक्राउ पर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो