१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनु पर्छ : पृथ्वीसुब्बा गुरुङ

२७ बैशाख २०८०, बुधबार ०८:३०

वैशाख २७, काठमाडौँ | नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बजेटपूर्वको छलफलमा भाग लिँदै सांसद गुरुङले संघमा मन्त्रालयको सङ्ख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताए । 

 त्यसैगरी प्रदेशमा मन्त्रालयको सङ्ख्या ७ वटा कायम गर्नुपर्ने उनको भनाइ छ । गुरुङले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय सङ्ख्या घटाउन आवश्यक रहेको बताए । त्यस्तै संघीय सरकार अन्तर्गतको विभागहरू घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उनले बताए । 

गुरुङले भने, ‘संघमा २५ वटा मन्त्रालय बनाउँदै छौँ । संघीय शासनमा मुलुक गइसकेपछाडि प्रशासन सुधार, सुझाव आयोगले दिएको प्रतिवेदनको आधारमा के भन्छ भनेदेखि १२ देखि १५ वटा मन्त्रालय संघमा चाहिन्छ । प्रदेशमा ७ वटा मन्त्रालय चाहिन्छ । अहिले हामी प्रदेशमा १२÷१३ वटा मन्त्रालय चलाउँदै छौँ । ७ मा झारौँ । त्यो एउटा प्राथमिकता राखौँ । दोस्रो कुरा संघको मन्त्रालय १२ देखि १५ राखौँ । त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ । तेस्रो कुरा संघ सरकार अन्तर्गत जति विभागहरू छन् । ती विभागहरुलाई घटाएर हामी १५ वटा विभागमा झारौँ । यति भयो भने धेरै फजुल खर्च घट्छ । संविधान संशोधन गरेर भएपनि यो अनावश्यक बोझ ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति भंग गरेर, यसलाई खारेज गरेर १५ सय कर्मचारीको फजुल खर्च हट्छ । १५ सय कार्यालयहरू हट्छ । १५४ वटा गाडीहरूको फजुल खर्च घट्छ । तेल खर्च, कार्यालय खर्च घट्छ । यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडी बढायो भने जनतालाई एउटा विश्वास हुन्छ ।’

उनले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरूको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताए । गुरुङले पूर्वाधारहरूको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधीन अवस्थामा रहेका ठुला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण