१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेताहरू कतिसम्म भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

२७ बैशाख २०८०, बुधबार ०८:५५

वैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरू कति भ्रष्ट रहेछन् भन्ने देखाएको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेका छन् । यो सबैले हामीलाई अत्यन्तै दुखित पनि बनाउँछ नेताहरू कति भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कतिसम्म तल गिरिसकेको रहेछ । मानव तस्करी गर्ने काममा नै नेताहरूले अगुवाइ गरेका रहेछन् ।’

योसहित भ्रष्टाचारको कुनै प्रकरणमा गृहमन्त्रीले खुट्टा नकमाउन आग्रह गरे । उनले भने, ‘जोसुकै व्यक्ति जोडिएका छन् भने त्यसलाई बाँकी नराख्नुस् ।’

उनले अहिले राजनीतिप्रति जनताको निराशा बढेको उल्लेख गरे ।

‘पार्टीहरूप्रति पनि निराशा बढेको देखिन्छ । नेताहरूप्रति पनि निराशा बढेको देखिन्छ । पहिला मान्छेहरूले विकल्पको रूपमा दर्शन हेर्ने गर्ने । सिद्धान्त, त्याग तपस्या र बलिदान हेर्ने गर्थे । तर, अहिले सोसल मिडिया र त्यसैबाट प्रभावित भएको नयाँ पुस्ता सजिलै आफ्नोतर्फ तान्न थालेको देख्दा के हुने हो नेपालको भविष्य ? जनताको भविष्य भन्ने चिन्ता लागेर आउँछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण