प्रचण्ड-देउवा र ओलीबीचको भेटमा गृहमन्त्रीको प्रवेश

Posted on: 10 May, 2023

वैशाख २७, काठमाडौँ | सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् । सिंहदरबारमा जारी प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा गृहमन्त्री पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!