१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुसन्धानले दोषी प्रमाणित गरेकालाई प्रहरी प्रशासनले छोड्दैन : गृहमन्त्री श्रेष्ठ

२७ बैशाख २०८०, बुधबार ११:४२

वैशाख २७, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको जानकारी दिए । 

उनले भने– ‘अहिले नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने र त्यसको सन्दर्भमा संगठित ढंगले ठगी धन्दा भयो त्यसको सन्दर्भमा  हामीले अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । अनुसन्धानले आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरु थप अनुसन्धानका लागि तानिनुभएको छ । यसलाई निष्कर्षमा पुर्याउन हामी लागिपरेका छौँ ।’ आजको प्रमुख ३ दलका नेताहरुको बैठकमा संवैधानिक परिषद सम्बन्धी विधेयक, शान्ति प्रक्रियाका बारेमा छलफल भएको र सो छलफलमा आफू सहभागी नभएको मन्त्री श्रेष्ठले बताए । 

केही दिनअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रमा गएका बेला भएको आक्रमणको सन्दर्भमा दुःख प्रकट गर्न फोन गरेको र सो क्रममा काठमाडौँ आएपछि भेट्ने प्रतिबद्धता जनाएकोले ओलीलाई भेट्न बालकोट गएको दावी गरे । गृहमन्त्री श्रेष्ठले सो भेटमा नक्कली शरणार्थी प्रकरण सामान्य भ्रष्ट्राचारको केश नभएको कुरामा दुवैजनाको एक मत भएको बताए ।

सो प्रकरण राष्ट्रघाती कुकर्म भएको बताउँदै उनले त्यसमाथि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने र  दोषी जो भएपनि कारवाही गर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताए । हिजो बालुवाटारमा ३ प्रमुख नेता सहभागी बैठकमा पनि सोही कुरा भएको उनले उल्लेख गरे । प्रमुख नेताहरुले आफूलाई यो प्रकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको समेत गृहमन्त्री श्रेष्ठको दावी छ । 

उनले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताउँदै जे अनुसन्धानले देखाउँछ उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने उल्लेख गरे ।  दलका प्रमुख नेताहरुसँग निर्दोष फसाउनु हुँदैन र कुनैपनि पूर्वाग्रह राखेर पक्राउ गरिदैन भनेर आफूले प्रतिबद्धता जनाएको समेत श्रेष्ठले बताए । दोषी कोही पनि नछोड्न प्रहरीलाई स्ट्यान्डबाई रहन निर्देशन दिएको पनि मन्त्री श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण