वैशाख २७, काठमाडौँ | इस्लामाबादको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा अभियुक्त ठहर गरेको छ ।
तोशाखाना मुद्दामा विदेशीहरूबाट राज्यले पाएको उपहार इमरानले लिएको आरोप छ ।
उनीविरुद्ध पोहोर साल यो मुद्दा दायर गरिएको थियो ।
हिजै मात्र खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो । उनी पक्राउ परेपछि उनका समर्थकहरूले कडा विरोध प्रदर्शन गरिरहेका छन् ।