२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुसन्धान अगाडि बढेकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ : ओली

२०८०, २८ बैशाख बिहीबार ०६:१२

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।

उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए।

पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’

ठुला व्यक्ति नामहरू पनि तानिने सम्भावना छ त्यसलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा मेरो केही भन्नु छैन। दोषी छुट्नु हुँदैन। निर्दोष पर्नु हुँदैन।’

फिल्म त सुरु भयो भन्ने लागिरहेको छ भन्ने अर्को प्रश्नमा उनले थपे, ‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ।’

धेरै ठुलो संख्यामा ठगी भएपछि अहिले छताछुल्ल भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो