१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुसन्धान अगाडि बढेकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ : ओली

२८ बैशाख २०८०, बिहीबार ०६:१२

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।

उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए।

पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’

ठुला व्यक्ति नामहरू पनि तानिने सम्भावना छ त्यसलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा मेरो केही भन्नु छैन। दोषी छुट्नु हुँदैन। निर्दोष पर्नु हुँदैन।’

फिल्म त सुरु भयो भन्ने लागिरहेको छ भन्ने अर्को प्रश्नमा उनले थपे, ‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ।’

धेरै ठुलो संख्यामा ठगी भएपछि अहिले छताछुल्ल भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण