१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण थुनुवाहरूसँग बस्न नमानेपछि….

२८ बैशाख २०८०, बिहीबार ०६:३६

वैशाख २८, काठमाडौं | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाँणलाई अपराह्नसम्म काठमाडौं प्रहरी परिसरका डीएसपीको कार्यकक्षमा राखेर म्याद थप्न लगिएको थियो ।


त्यसपछि प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा राख्ने तयारी गरेको थियो । तर खाँड कतै जान तयार भएनन् । प्रहरीले पनि जोडबल नगरेको स्रोतले बतायो ।

‘उहाँले यतै बस्ने इच्छा व्यक्त गर्नु भयो, हामीले सबै कुरा विचार गरेर यतै सुत्ने व्यवस्था मिलाएका हौं,’ परिसर स्रोतले भन्यो ।

खाँणलाई प्रहरीले अहिलेसम्म हतकडी लगाएको छैन । यही मुद्दामा पक्राउ परेका बिचौलियाहरूलाई हतकडी लगाएर अदालत लगिँदा खाँण भने फुक्का थिए । हाई प्रोफाइल भएकै कारण फरक व्यवहार गरिएको भनेर प्रहरीले आलोचना खेपिरहेको छ ।

स्रोतका अनुसार बुधवार साँझ खाँणका आफन्त उनको कपडा लिएर परिसर आएका थिए । उनकी श्रीमती मञ्जु भने हालसम्म नआएको बुझिएको छ । यो प्रकरणमा मञ्जुको नाम पनि जोडिएको छ । श्रीमान् पक्राउ परेपछि उनी मोबाइल स्विच अफ गरेर बसिरहेकी छन् । खाँणलाई घरबाट खाना पनि ल्याइएन । उनले परिसरकै खाना खाएका थिए । तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसँग सामाजिक सञ्जालमा भएको कुराकानी फेला परेपछि प्रहरीले खाँडलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण