२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर सुझाए यी तीन कुरा

२०८०, २९ बैशाख शुक्रबार ०७:१३

वैशाख २९, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न आग्रह समेत गरेका छन्।


‘नक्कली शरणार्थी प्रकरणबारे भइरहेको अनुसन्धानप्रति प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिएँ। भ्रष्टाचारविरूद्धको अभियान हाम्रो पनि हो, जसले नेतृत्व गरे पनि यो सबै पार्टीको साझा दायित्व हो, सबै दल मिलेर यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ। प्रधानमन्त्रीज्यू दह्रोसँग अनुसन्धान गर्नुहोस् भनेर दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहन्छ भनेर विश्वास दिलाएँ,’ सभापति लामिछानेले संचारकर्मीसंग भने।

प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन कि भन्ने लागेर त्यसबारे पनि जिज्ञासा राखेको उनले बताए।

‘प्रधानमन्त्री उच्च मनोबलमा हुनुहुन्थ्यो। कतिपय बेला दबाब, प्रभाव अनुहारमा देखिन्छ। मैले त्यस्तो रहेछ कि भनेर पनि बुझेँ र तर, उहाँको बडी ल्याङ्ग्वेज हेर्दा उच्च आत्मविश्वासी नै पाएँ। उहाँ निकै खुसी हुनुहुन्छ,’ लामिछानेले संचारकर्मीसंग भने, ‘प्रधानमन्त्रीमा यसलाई निष्कर्षमा पुर्‍याउने हुटहुटी नै पाएँ।’

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। 

सरकार ढल्छ भनेर चिन्ता नगर्नुस्

प्रधानमन्त्रीलाई सरकार ढल्ला भनेर भ्रष्टाचारका फाइल खोल्न नडराउन सुझाव दिएको लामिछानेको भनाइ छ। यस प्रकरणलाई निष्कर्षमा पुर्‍याउँदा सरकार ढल्छ, समर्थन गुम्छ भने पनि तयार रहन र पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा नयाँ मानक स्थापित गर्न आफूले सुझाव दिएको र जवाफमा प्रधानमन्त्री सकारात्मक पाएको उनले बताए।

प्रहरी प्रशासनलाई हस्तक्षेप नहोस्

आफू पूर्वगृहमन्त्री भएका नाताले नक्कली शरणार्थी प्रकरणलगायत भ्रष्टाचारका फाइल खोल्ने सबालमा प्रहरी प्रशासनलाई कुनै पनि हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराएको लामिछानेले बताए।

‘यस प्रकरणमा प्रहरी प्रशासनले आफ्नो ढंगले अनुसन्धान नहोस्, राजनीतिक हस्तक्षेप, प्रभाव नहोस् भनेर भनें,’ उनले भने, ‘प्रधानमन्त्रीको हुटहुटी हेर्दा त्यसको छनक छैन। उहाँ एकदमै उत्साहित हुनुहुन्छ।’

‘नक्कली शरणार्थी प्रकरणमा उहाँ रोकिनुहुन्न। उहाँ एकदमै सकारात्मक पाएँ,’ उनले भने।

तीन दलको मात्रै बैठक नबस्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तारन्तार भइरहेको भेटप्रति पनि आफूले जिज्ञासा राखेको सभापति लामिछानेले बताए।

‘तपाईंहरू तीन दल बसिरहनु भएको छ, दिनहुँजसो। देशको सवालमा हो भने अर्को चौथो दल पनि छ। हामीलाई पनि सँगै राख्नुहोस्। देशका महत्त्वपूर्ण सवालमा हामीलाई किन छुटाउनुहुन्छ? भनेर सोधें, जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो