२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गण्डकी प्रदेशमा यसरी भयो मन्त्रालयको भागबण्डा

२०८०, २९ बैशाख शुक्रबार ०८:४७

वैशाख २९, गण्डकी | गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिलेको छ । गण्डकी प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेसले तीन, माओवादीले २ र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद विन्दुकमार थापाले बताए ।

उनका अनुसार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा मन्त्री बन्दै छन् भने सरस्वती अचार्यले मुख्यमन्त्रीसँगै सपथ लिएकी थिइन् । उनका अनुसार कांग्रेसले अर्थ, ऊर्जा र कृषि मन्त्रालय पाएको छ । 

यस्तै माओवादीले भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले पर्यटन मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद थापाले बताए । 

माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट दीपक मनाङेलाई मन्त्री बनाउन लागिएको छ । यसअघि माओवादीकी सुशीला सिम्खडा विना विभागीय मन्त्री बनेकी थिइन् ।

माओवादीका जुग्जाली भौतिक र सिम्खडा सामाजिक विकास मन्त्री बन्ने छन् । मनाङले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कांग्रेस जिसी अर्थ बन्ने छन् भने आचार्य र थापाको मन्त्रालयको टुंगो लागेको छैन । योसँगै सात सदस्यीय गण्डकी प्रदेशको मन्त्री परिषद्ले पूर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा