१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गण्डकी प्रदेशमा यसरी भयो मन्त्रालयको भागबण्डा

२९ बैशाख २०८०, शुक्रबार ०८:४७

वैशाख २९, गण्डकी | गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिलेको छ । गण्डकी प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेसले तीन, माओवादीले २ र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद विन्दुकमार थापाले बताए ।

उनका अनुसार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा मन्त्री बन्दै छन् भने सरस्वती अचार्यले मुख्यमन्त्रीसँगै सपथ लिएकी थिइन् । उनका अनुसार कांग्रेसले अर्थ, ऊर्जा र कृषि मन्त्रालय पाएको छ । 

यस्तै माओवादीले भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले पर्यटन मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद थापाले बताए । 

माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट दीपक मनाङेलाई मन्त्री बनाउन लागिएको छ । यसअघि माओवादीकी सुशीला सिम्खडा विना विभागीय मन्त्री बनेकी थिइन् ।

माओवादीका जुग्जाली भौतिक र सिम्खडा सामाजिक विकास मन्त्री बन्ने छन् । मनाङले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कांग्रेस जिसी अर्थ बन्ने छन् भने आचार्य र थापाको मन्त्रालयको टुंगो लागेको छैन । योसँगै सात सदस्यीय गण्डकी प्रदेशको मन्त्री परिषद्ले पूर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो