९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्न सीआइबीले लग्यो सिंहदरबारबाट सीसीटिभी फुटेज

२९ बैशाख २०८०, शुक्रबार ०९:०८

वैशाख २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । 

सीआइबीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो ।  आज संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले  जानकारी गराए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी अघिल्लो बुधबारबाट फरार भएका थिए । त्यसपछि उनले वैशाख २५ गते संसद सचिवालयमा आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्ने ब्यहोराको पत्र पठाएका थिए । प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो ।

सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै