२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस तीन नेताको प्रधानमन्त्रीलाई सुझाव : खुट्टा नकमाउनु होला

२०८०, २९ बैशाख शुक्रबार ११:३३

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।


कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए । कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए ।

साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्‍यानाकर्षणसमेत गराएका थिए ।

प्रधानमन्त्रीको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएको थियो । कोशीमा केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने विषयमा समन्वय र छलफल गर्न कांग्रेस शीर्ष नेताले थापा, शर्मा र आङ्देम्बेलाई जिम्मेवारी दिएको छ । कोशीमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि कांग्रेस नेताहरुले भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो