१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली शरणार्थी प्रकरणको कनेक्सनबारे मुख्यमन्त्री चौधरीले दिए यस्तो प्रष्टीकरण

३१ बैशाख २०८०, आईतवार ०६:०८

वैशाख ३१, काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।

पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो ।

शनिबार चौधरी आफैँ गृहजिल्ला पुगेर यो विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं गएपछि झन् आलोचना बढेको थियो ।

प्रदेशको मुख्यमन्त्री बन्दा नेता खाणकै योजनमा बनेको, कांग्रेस नेतृ आरजु राण देउवासँग सहकार्यमा गैरसरकारी संस्था चलाएको, एमाले छाडेर कांग्रेससँग नजिकिएका र खाण गृहमन्त्री हुँदा सँगै हिंडडुल गरेका दाङका सन्देश रेग्मी पक्राउ परेको, दाङकै गजेन्द्र बुढाथोकी फरार रहेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा दाङकै धेरैजना पीडित भएको, चौधरीका भाइमार्फत धेरै दंगाली विदेशमा गएकाले मुख्यमन्त्री चौधरीलाई यो विषयमा जोडिएको आशंका गर्दै समाचार आएका छन् ।

‘मेरो नाम विभिन्न सञ्चारमाध्यममा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ, पत्रकारितामा समाचार लेख्दा केही आधार र प्रमाण त चाहिन्छ होला नि, त्यसै चरित्रहत्या गर्न त पत्रकारिताको धर्म होइन नि’, प्रेस युनियन दाङको अधिवेशनमा चौधरीले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो