१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

७० सालको फैसला देखाउँदै बाबुरामले भने- मानहानिको मुद्दा लाग्ला

३१ बैशाख २०८०, आईतवार ०६:२५

वैशाख ३१, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि लडेका अगुवा नेताहरूलाई सामाजिक सञ्जालमार्फत सराप्ने र चरित्र हत्या गर्ने क्रम बढेको भन्दै आपत्ति जनाएका छन्। 

केही नेता बिग्रिए भन्दैमा सबैलाई एउटै डालोमा हालेर गाली नगर्न उनले सम्बन्धित पक्षलाई सचेत गराएका छन्। अन्यथा मानहानि मुद्दा लगाइने चेतावनीसमेत डा. भट्टराईले दिएका छन्। 

‘केही आँप कुहिए भन्दैमा सबै कुहिएका हुँदैनन्। अनि विश्वमा र इतिहासमा सुशासन र समृद्धि समावेशी र सहभागितामूलक लोकतन्त्रमा मात्रै हासिल हुन्छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो सत्यलाई नबुझेर वा बुझ पचाएर केहीले संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक सबै अगुवाहरूलाई सोलोडोलो सराप्ने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने गरेका छन्, त्यो गम्भीर छ।’

यस क्रममा उनले २०७० सालमा तत्कालीन एमाओवादी नेतृ हिसिला यमीबारे गलत कुरा लेख्दा ‘क्राइम टुडे’ पत्रिकाविरुद्ध मानहानिको मुद्दा जितिएको फैसलासमेत सार्वजनिक गरेका छन्। 

‘क्रान्तिकालमा कसरी टाउकाको मूल्य तोकिएको थियो र शान्तिकालमा मिडियामार्फत अनर्गल चरित्रहत्या हुँदा अदालतले मानहानिको मुद्दा जिताएको थियो भन्ने तिनले सम्झनु बेस हुनेछ’, डा. भट्टराईले लेखेका छन्, ‘हल्लामा नकुदौँ, सत्यतथ्य बुझौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो