२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

७० सालको फैसला देखाउँदै बाबुरामले भने- मानहानिको मुद्दा लाग्ला

२०८०, ३१ बैशाख आईतवार ०६:२५

वैशाख ३१, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि लडेका अगुवा नेताहरूलाई सामाजिक सञ्जालमार्फत सराप्ने र चरित्र हत्या गर्ने क्रम बढेको भन्दै आपत्ति जनाएका छन्। 

केही नेता बिग्रिए भन्दैमा सबैलाई एउटै डालोमा हालेर गाली नगर्न उनले सम्बन्धित पक्षलाई सचेत गराएका छन्। अन्यथा मानहानि मुद्दा लगाइने चेतावनीसमेत डा. भट्टराईले दिएका छन्। 

‘केही आँप कुहिए भन्दैमा सबै कुहिएका हुँदैनन्। अनि विश्वमा र इतिहासमा सुशासन र समृद्धि समावेशी र सहभागितामूलक लोकतन्त्रमा मात्रै हासिल हुन्छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो सत्यलाई नबुझेर वा बुझ पचाएर केहीले संघीय लोकतान्त्रिक गणतन्त्रका संस्थापक सबै अगुवाहरूलाई सोलोडोलो सराप्ने र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने गरेका छन्, त्यो गम्भीर छ।’

यस क्रममा उनले २०७० सालमा तत्कालीन एमाओवादी नेतृ हिसिला यमीबारे गलत कुरा लेख्दा ‘क्राइम टुडे’ पत्रिकाविरुद्ध मानहानिको मुद्दा जितिएको फैसलासमेत सार्वजनिक गरेका छन्। 

‘क्रान्तिकालमा कसरी टाउकाको मूल्य तोकिएको थियो र शान्तिकालमा मिडियामार्फत अनर्गल चरित्रहत्या हुँदा अदालतले मानहानिको मुद्दा जिताएको थियो भन्ने तिनले सम्झनु बेस हुनेछ’, डा. भट्टराईले लेखेका छन्, ‘हल्लामा नकुदौँ, सत्यतथ्य बुझौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो