२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तिब्बतीदेखि भुटानी शरणार्थीसम्मै आङटावाको कनेक्सन, के बालकृष्ण पनि तिब्बती प्रकरणमा तानिन्छन्?

२०८०, ३१ बैशाख आईतवार ०९:२६

वैशाख ३१, काठमाडौँ | नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकबाट रामेछाप कांग्रेसको जिल्ला सभापति भएका आङटावा शेर्पा यस प्रकरणमा तानिएका पछिल्ला पात्र हुन्।

आङटावाको नाममा प्रहरीले पक्राउ पुर्जी समेत जारी गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका उनको शरणार्थी प्रकरणमा कनेक्सन भेटिएपछि प्रहरीले आइतवार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी गराएको छ। आङटावाले हिरासत पुगेका केशव दुलाल र सानु भण्डारीसँग पटकपटक भेटेको खुलेपछि प्रहरीले उनको कनेक्सन खोजी गरेको हो। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले दुलाल र भण्डारीसहित टंक गुरुङलाई पक्राउ गरी चैत १२ सार्वजनिक गरेको थियो। शेर्पाले हिरासतमा रहेका दुलाल र भण्डारीलाई भेट्नुका साथै खाणले बुझेको रकम पीडितलाई फिर्ता दिने आश्वासन समेत दिएको प्रहरी स्रोतको दावी छ। देउवा निकट आङटावा खाणसँग नजिक रहेर विभिन्न व्यवसायमा संलग्न रहँदै आएको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ।


खाणलाई केशव दुलालमार्फत १ करोड २५ लाख रकम बुझाएको प्रहरीको दाबी छ। रामेछाप गोकुलगंगा गाउँपालिका – १, चुचुरेका शेर्पा २०७० को संविधानसभा निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए। निर्माण व्यवसायीसमेत रहेका आङटावाको रामेछापका विभिन्न हाइड्रोमा समेत लगानी देखिन्छ।

'फस्ट क्लास ठेकेदार हुन्। उनको हाइड्रोपावरमा पनि लगानी छ,' रामेछापका एक कांग्रेस नेताले भने, 'देउवाले पार्टी फुटाउँदा जिल्ला सभापति भएका उनलाई रामेछापमा राम्रै नेता मानिन्छ।'

‘रामेछाप शेर्पा कन्स्ट्रक्सन’ का सञ्चालक समेत रहेका उनी अहिले कांग्रेस महाधिवेशन प्रतिधिनि हुन्। आङटावाको कनेक्सन भुटानी शरणार्थीमा मात्र नरोकिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्।

देउवासँग निकट सम्बन्ध राख्दा रामेछापमा शेर्पाले तिब्बती शरणार्थी कोटामा अमेरिका पठाउने गरेको समेत उनी निकटले खुलाएका छन्।

'६२/६३ सालमा एक जनाको ८ लाखसम्म लिएर टिब्टेन रिफ्युजीका रुपमा अमेरिका पठाउँथे,' गोकुलगंगाका एक कांग्रेस नेताले भने, 'त्यसबेला रामेछापका शेर्पाहरु अप्रत्यासित हिसाबले अमेरिका छिरेका थिए।'

नेपालीलाई अमेरिका पठाउन सक्ने हर्ताकर्ताका रुपमा समेत आङटावालाई स्थानीयले लिने गर्थे। त्यहीबेलादेखि आङटावा रामेछापमा एकाएक उदाएको स्थानीय नेताहरु बताउँछन्। २०४९ मा जिल्ला विकास समिति रामेछापको उपसभापति भएका उनी पछिल्लो प्रकरणमा तिब्बती शरणार्थी पठाएको अनुभवका आधारमा जोडिएको हुनसक्ने ती स्थानीय बताउँछन्। अनुसन्धानमा तानिएपछि आङटावा अहिले सम्पर्कविहीन छन्।

यही प्रकरणमा जोडिएका अर्का पूर्वमन्त्री एवम् एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पनि सम्पर्कविहीन छन्। उनीविरुद्ध अदालतले पक्राउ पूर्जी दिएलगत्तै उनी हराएका हुन्।

रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो। रायमाझी र उनका छोराले शरणार्थी प्रकरणमा रकम लिएको प्रहरी अनुसन्धानले देखाएको छ। रायमाझीका छोरा सन्दीप भने १० दिनदेखि हिरासतमा छन्। नक्कली शरणार्थी प्रकरणमा डा इन्द्रजीत राईका छोरा नीरज राई पनि फरार छन् जसविरुद्ध पक्राउ पूर्जी जारी छ। पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका रामबहादुर थापा बादलका छोरा प्रतीक पनि फरार छन्। उनीविरुद्ध गत शुक्रवार पक्राउ पुर्जी जारी भएको हो।

यस प्रकरणमा अहिलेसम्म प्रहरीले बहालवाल सचिव टेकनारायण पाण्डे, रामबहादुर थापा बादल गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका डा इन्द्रजीत राई लगायत गरेर १२ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले जिल्ला अदलत काठमाडौंबाट संगठित अपराधमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ। अबको १० दिनभित्र प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाउने छ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुमा अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने प्रकरणमा समेत अनुसन्धान गरेको थियो। गएको चैत ५ गते प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर घटनाको सार्वजनिक गरेको थियो। झापाका कृष्णबहादुर कटुवाल, भक्तपुरका न्युल्केस श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोसाङ र ललितपुरका विजय लामालाई पक्राउ गरेको थियो। उनीहरुले सरकरी कागज कीर्ते गरेर काम गरेको देखिएको थियो। यस्तो काम गरेवापत तीन देखि ५ लाख रुपैयाँ बुझ्ने गरेको देखिन्छ।

प्रकाउ परेका शेर्पा पनि तिब्बेतियन प्रकरणमा पनि जोडिएका छन्। त्यसो त हिरासतमा रहेका बालकृष्ण खाण माथि यसमाथि पनि आरोप लागेको छ। तर, स्वतन्त्र रुपमा खाणको तिब्बती कनेक्सन भने भेटिएको छैन। शेर्पा समातिए भने खाण यसमा समेत तानिन सक्छन्।  स्रोत- पहिलो पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो