२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क साम्पाङले वडाध्यक्षहरूसँग माफी मागे, ६१ दिनपछि कार्यपालिका बैठक सुचारु

२०८०, ३१ बैशाख आईतवार १०:३२

बैशाख ३१, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक सुरू भएको छ ।

उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई निर्देशनसहित पठाएको पत्र पनि फिर्ता गरेको बताएका छन् । स्वकीय सचिवले पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा प्रश्न गर्ने धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरणसमेत साम्पाङले फिर्ता लिएका छन् ।

प्रदेश र संघीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् । बैठक अहिले चलिरहेको छ ।

स्वकीय सचिव लिम्बूले भौतिक निर्माणको प्रगतिसहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरबीच विवाद सुरू भएको थियो । वडाध्यक्षहरूले कालोपट्टी बाँधेर मेयरको कार्यशैलीको विरोध गरेका थिए । विवाद बढ्दै जाँदा मेयर र वडाध्यक्षका बीचमा धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि साम्पाङ सर्मथकहरूले हातपात गर्दै कालोमोसो दल्न खोजेर दुर्व्यवहार गरेका थिए ।

घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले कार्यशैली सच्याउन ध्यानाकर्षणसमेत गराएका थिए । एकसाता अघि उपमेयर आइन्द्रविक्रम बेघाले वडाध्यक्षको जायज माग पूरा गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा