२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन दलको शीर्ष बैठकमा जब सुवास नेम्वाङले शरणार्थी प्रकरण कोट्याए…

२०८०, ३१ बैशाख आईतवार ११:१८

वैशाख ३१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणको अनुसन्धान तातेसँगै तीन ठूला दलका प्रमुख नेताहरू तारन्तर बैठक बस्न थालेका छन् । जनमानसमा उनीहरू यो विषयलाई यत्तिकै सामसुम पार्ने रणनीति बुन्दै छन् कि भन्ने आशंका बढ्दो छ । जनताको यही आशंकालाई आज एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेताहरूसमक्ष राखे ।


प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको थियो ।

उनीहरूले एक चरण कुरा गरेपछि तीनवटै दलका उपनेता र सचेतकहरूलाई पनि मिसाइयो । उक्त बैठकको प्रमुख विषयवस्तु संसदीय समितिको भागबन्डा र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश थियो ।

बैठकमा एमाले उपाध्यक्ष नेम्वाङले शरणार्थी प्रकरणको प्रसंग निकालेका थिए । उनले तीन दलका शीर्ष नेता बस्नासाथ जनतामा शंका उब्जिन थालेको भन्दै घोचपेच गरेका थिए ।

नेम्वाङले घुमाउरो ढंगले भने, ‘तपाईंहरू तीनजना नेता एक ठाउँमा बस्नासाथ शरणार्थीको कुरा गर्न बसे भन्छन् बाहिर । यो त गलत हो । यस्तो कुरा नहुनुपर्ने । हाम्रो संसदीय लोकतन्त्रमा तपाईंहरू नबस्दा पो समस्या हो त ।’

नेम्वाङलाई जवाफ दिँदै तीनैजना नेताहरूले शरणार्थी प्रकरणमा प्रहरीले गरेको कारवाहीमा हस्तक्षेप गर्ने आफूहरूको मनशाय नरहेको प्रष्ट पारे ।

‘हामी तीनै दल यो विषयलाई संविधान-कानूनबमोजिम निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा छौं । यसमा हामी एक छौं । प्रहरीको कारबाहीमा हाम्रो सहयोग रहन्छ । यो कुरा तपाईँहरूले बाहिर भन्दिए हुन्छ’, नेतात्रयको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो