१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन दलको शीर्ष बैठकमा जब सुवास नेम्वाङले शरणार्थी प्रकरण कोट्याए…

३१ बैशाख २०८०, आईतवार ११:१८

वैशाख ३१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणको अनुसन्धान तातेसँगै तीन ठूला दलका प्रमुख नेताहरू तारन्तर बैठक बस्न थालेका छन् । जनमानसमा उनीहरू यो विषयलाई यत्तिकै सामसुम पार्ने रणनीति बुन्दै छन् कि भन्ने आशंका बढ्दो छ । जनताको यही आशंकालाई आज एमाले उपाध्यक्ष सुवास नेम्वाङले नेताहरूसमक्ष राखे ।


प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको थियो ।

उनीहरूले एक चरण कुरा गरेपछि तीनवटै दलका उपनेता र सचेतकहरूलाई पनि मिसाइयो । उक्त बैठकको प्रमुख विषयवस्तु संसदीय समितिको भागबन्डा र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश थियो ।

बैठकमा एमाले उपाध्यक्ष नेम्वाङले शरणार्थी प्रकरणको प्रसंग निकालेका थिए । उनले तीन दलका शीर्ष नेता बस्नासाथ जनतामा शंका उब्जिन थालेको भन्दै घोचपेच गरेका थिए ।

नेम्वाङले घुमाउरो ढंगले भने, ‘तपाईंहरू तीनजना नेता एक ठाउँमा बस्नासाथ शरणार्थीको कुरा गर्न बसे भन्छन् बाहिर । यो त गलत हो । यस्तो कुरा नहुनुपर्ने । हाम्रो संसदीय लोकतन्त्रमा तपाईंहरू नबस्दा पो समस्या हो त ।’

नेम्वाङलाई जवाफ दिँदै तीनैजना नेताहरूले शरणार्थी प्रकरणमा प्रहरीले गरेको कारवाहीमा हस्तक्षेप गर्ने आफूहरूको मनशाय नरहेको प्रष्ट पारे ।

‘हामी तीनै दल यो विषयलाई संविधान-कानूनबमोजिम निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा छौं । यसमा हामी एक छौं । प्रहरीको कारबाहीमा हाम्रो सहयोग रहन्छ । यो कुरा तपाईँहरूले बाहिर भन्दिए हुन्छ’, नेतात्रयको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो