१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भड्किलो पोसाक लगाएर संसद्‍मा जान नपाइने

३१ बैशाख २०८०, आईतवार ११:५४

वैशाख ३१, काठमाडौँ | संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभा कार्य व्यवस्था समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए । 


‘सांसदहरू बैठकमा जाँदा अनिवार्य संसद्को लोगो लगाउनुपर्ने र भड्किलो ड्रेस लगाउन नपाइने निर्णय भएको छ’, खतिवडाको भनाइ छ । त्यस्तै बैठकले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी जेठ ४ गतेका लागि समय निर्धारण भएको छ । प्रश्नोत्तरका लागि कांग्रेस एमालेका सांसदहरूलाई तीन तीन मिनेट र अरु सांसदहरूलाई १ मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ । ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा कांग्रेस र एमालेका सांसदलाई तीन मिनेट र अन्यलाई एक मिनेटका दरले समय निर्धारण गर्ने सहमति भएको छ’, नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो