२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का

२०८०, ३१ बैशाख आईतवार १२:३३

वैशाख ३१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई अदालत लैजाने क्रममा प्रहरीले उनीहरूको ‘हैसियत’ अनुसार फरक व्यवाहार गरेको छ । ‘कथित’ भीआईपीहरूलाई हातमा हतकडी नलगाइ लगियो भने विचौलियाहरूलाई हतकडी लगाइयो ।

कानून सबैका लागि समान हुने सर्वमान्य सिद्दान्तविपरीत प्रहरीले एउटै मुद्दाका आरोपीहरूलाई फरक व्यवहार गरेको हो । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अहिलेसम्म प्रहरीले हतकडी लगाएको छैन । खाणलाई पहिलोपटक म्याद थपका लागि अदालत लगिँदा पनि हतकडी लगाइएको थिएन ।


खाणसँगै बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईले पनि हतकडी भिर्नुपरेन ।

हतकडी नलागे पनि पूर्वगृहमन्त्री खाण निकै उदास मुद्रामा थिए । अदालतबाट निस्किने क्रममा उनले बाहिर रहेकाहरूलाई नमस्कार गरेका थिए । आज उनले अनुहारमा मास्क पनि लगाएका थिएनन् । अन्य सबै आरोपीहरूले मास्क लगाएका थिए ।

कुनै पनि मुद्दामा पक्राउ परेकालाई म्याद थपका लागि अदालत लैजाँदा वा बिरामी भएर अस्पताल लगिँदा हतकडी लगाउने गरिन्छ । तर, कहिलेकाहीँ प्रहरीले सदासयता देखाएर विनाहतकडी पनि लैजाने गरेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाट पक्राउ गर्दा हतकडी लगाइएको थियो । पछि म्याद थपका लागि अदालत लगिँदा पनि लगाइएन ।

कुनै पनि आरोपी भाग्ने डर नभएमा हतकडी नलगाउने गरिएको प्रहरी स्रोत बताउँछ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले हतकडी लगाउने कि नलगाउने भन्ने कुरा तीनवटा कुरामा निर्भर हुने बताए ।

‘पहिलो त अदालत लैजाने कमान्डले सुरक्षा चुनौती मूल्यांकन गरेर निर्णय गर्ने हो । दोस्रो र तेस्रो भनेको थुनुवाको उमेर र स्वास्थ्य अवस्था हो’, रिजालले  भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो