१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रहरीको दोहोरो व्यवहार- विचौलियालाई हतकडी, ‘भीआईपी’ फुक्का

३१ बैशाख २०८०, आईतवार १२:३३

वैशाख ३१, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १२ जनालाई अदालत लैजाने क्रममा प्रहरीले उनीहरूको ‘हैसियत’ अनुसार फरक व्यवाहार गरेको छ । ‘कथित’ भीआईपीहरूलाई हातमा हतकडी नलगाइ लगियो भने विचौलियाहरूलाई हतकडी लगाइयो ।

कानून सबैका लागि समान हुने सर्वमान्य सिद्दान्तविपरीत प्रहरीले एउटै मुद्दाका आरोपीहरूलाई फरक व्यवहार गरेको हो । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अहिलेसम्म प्रहरीले हतकडी लगाएको छैन । खाणलाई पहिलोपटक म्याद थपका लागि अदालत लगिँदा पनि हतकडी लगाइएको थिएन ।


खाणसँगै बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राईले पनि हतकडी भिर्नुपरेन ।

हतकडी नलागे पनि पूर्वगृहमन्त्री खाण निकै उदास मुद्रामा थिए । अदालतबाट निस्किने क्रममा उनले बाहिर रहेकाहरूलाई नमस्कार गरेका थिए । आज उनले अनुहारमा मास्क पनि लगाएका थिएनन् । अन्य सबै आरोपीहरूले मास्क लगाएका थिए ।

कुनै पनि मुद्दामा पक्राउ परेकालाई म्याद थपका लागि अदालत लैजाँदा वा बिरामी भएर अस्पताल लगिँदा हतकडी लगाउने गरिन्छ । तर, कहिलेकाहीँ प्रहरीले सदासयता देखाएर विनाहतकडी पनि लैजाने गरेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई विमानस्थलबाट पक्राउ गर्दा हतकडी लगाइएको थियो । पछि म्याद थपका लागि अदालत लगिँदा पनि लगाइएन ।

कुनै पनि आरोपी भाग्ने डर नभएमा हतकडी नलगाउने गरिएको प्रहरी स्रोत बताउँछ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले हतकडी लगाउने कि नलगाउने भन्ने कुरा तीनवटा कुरामा निर्भर हुने बताए ।

‘पहिलो त अदालत लैजाने कमान्डले सुरक्षा चुनौती मूल्यांकन गरेर निर्णय गर्ने हो । दोस्रो र तेस्रो भनेको थुनुवाको उमेर र स्वास्थ्य अवस्था हो’, रिजालले  भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो