१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बूढानीलकण्ठस्थित आफन्तको घरमा लुकेका थिए टोपबहादुर

१ जेष्ठ २०८०, सोमबार ०६:२८

जेठ १, काठमाडौँ | आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् ।

प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्युरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्युरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।

उनलाई अहिले प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृत्तको थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत्त दरबारमार्गमा अड्डासार गरिएको छ ।

पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षण गर्ने बेला चिकित्सकसँग रायमाझीले भनेका थिए, ‘एक गिलास बियर लिएको छु ।’ उनलाई म्याद थपको लागि प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ । 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो