१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद झाको प्रश्न- नक्कली शरणार्थी प्रकरण आएपछि शीर्ष नेताहरु तारन्तर भेट्नुको कारण के हो?

१ जेष्ठ २०८०, सोमबार ०८:१३

जेठ १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको पटक पटकको भेटले आशंका पैदा गरेको बताएका छन्।

प्रतिनिधि सभामा सोमबार बोल्दै उनले विपतमा समय एक साथ नहुने ठूला दलका नेताहरु किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे। 


‘नक्कली शरणार्थी प्रकरकण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं। विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन् ।’

झाले आशंकाको घेरामा रहेकाहरुको नाम किस्ताकिस्तामा बाहिर नआउने कार्य पनि गलत भएको बताए। उनले यसरी किस्ताकिस्तामा नाम सार्वजनिक हुँदा प्रमाण लुकाउनेदेखि आफूविरुद्धको प्रमाण समेत नष्ट गर्ने  मौका प्राप्त भएको दाबी गरे। 

‘शंकास्पदहरुको नाम एकै पटक  सार्वजनिक होस्,’ उनले भने ‘पटकपटक गरेर सार्वजनिक गर्ने अनि पक्राउ गर्ने कार्य नहोस्। जसले गर्दा प्रमाण पनि सुरक्षित होस्।’

त्यस्तै उनले यो प्रकरणमा राम्रोसँग कारबाही हुन नसकेमा देश नयाँ आन्दोलनमा जाने बताए। ‘के देश लामो आन्दोलनको तयारीमा हो,’ उनले भने, ‘हो भने हामी यसका लागि तयार नै छौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो