१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दीपक गिरीले भने- पुल नबन्दा सांसद सञ्जय गौतम अनशनमा हुनुहुन्छ, हामी पनि अनशन बस्ने दिन आउँछ

१ जेष्ठ २०८०, सोमबार ०८:२९

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन् ।

बर्दियाको जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गर्नु परेको बताउँदै उनले अरु सांसदहरूले आमरण अनशन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश  व्यक्त गरे । 

सांसद गिरीले सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउन दबाब दिनन आमरण अनशन नै बस्न बाध्य नपार्न चेतावनी दिए । ‘सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको जब्धी पुलमुनि १५ सूत्रीय माग राखेर आमरण अनशन बसेका छन् । काठमाडौंनजिककै नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन, संखुवासभाको अरुणपुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन,’ उनले भने, ‘अब भोलि सांसद नारायण खड्का त्रियुगा पुलमुनि, पर्सि दीपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस् । म सम्माननीय सभामुखमार्फत् सरकारको आँखा खुलोस् ।’ 

सांसद गिरीले संसदमा सांसदहरूले राखेका मागबारे सरकारलाई गम्भीर बन्न पनि पटक–पटक आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो