२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौं आउँदाआउँदै धादिङबाटै फर्केका थिए टोपबहादुर

२०८०, १ जेष्ठ सोमबार ०८:४१

जेठ १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख तेस्रो साता नै काठमाडौं आउँदाआउँदै बीच बाटोबाटै फर्किएको खुलेको छ ।

त्यसपछि ११ दिनसम्म सम्पर्कविहीन भएका उनलाई प्रहरीले आइतबार बेलुकी बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ । टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका बेला उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भनेर उनी बुटवलसम्म आएका थिए । त्यहाँबाट प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग उनले टेलिफोन गरी आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीबारे जिज्ञासा राख्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको जिकीर गरेका थिए ।

कुँवरले भने काठमाडौं प्रहरीमै आएर आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि काठमाडौं आउँछु भनेका उनी भैरहवा क्षेत्रबाटै सम्पर्कविहीन भएका थिए । तर टोपबहादुर सडकमार्ग हुँदै काठमाडौं आउँदै गरेको सूचना पाएर प्रहरीले निगरानी बढाएको थियो। काठमाडौं नपुग्दै प्रहरीले आफूलाई पक्राउ गर्ने सूचना पाएपछि उनी धादिङबाटै फर्किएका थिए। त्यसपछि चालक र एक जना सहयोगीमात्र टोपबहादुरको गाडीमा काठमाडौंतर्फ आएका थिए ।

प्रहरी स्रोतले भन्यो, ‘टोपबहादुरको गाडीलाई खानी खोला प्रहरीले रोकेको थियो । गाडीमा चालक र एक जना सहयोगीमात्र थिए । माननीय ज्यू खोइ त भनेर सोध्दा उहाँ बुटवलतिरै हुनुहुन्छ भनेर प्रहरीलाई भनिएको थियो ।’

काठमाडौं प्रहरी परिसरमा आफैं आउँछु र अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर फरार भएपछि उनलाई पक्रन प्रहरीमाथि दबाव बढेको थियो । केन्द्रीय समितिको बैठकमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीबाट दुर्व्यवहार हुने आशंका टोपबहादुरले व्यक्त गरेर सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तर टोपबहादुर प्रहरीमा पुगेर अनुसन्धानमा सघाउनुपर्ने ओलीले बताएका थिए । केन्द्रीय समितिको बैठक अघि बसेको सचिवालय बैठकले टोपबहादुरलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

प्रहरीमा आत्मसमर्पण गर्न दबाव बढ्दै गएको बेला विशेष व्युरोको टोलीले टोपबहादुरलाई आइतबार बेलुका काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यक्तिको घरबाट नियन्त्रणमा लिएको थियो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । टोपबहादुरलाई प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो