१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : गृह मन्त्रालयका दुई अधिकारीसँग प्रहरीले लियो बयान

१ जेष्ठ २०८०, सोमबार ०८:५२

जेठ १, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । 

दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर आइतबार र सोमबार बयान लिएको हो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको प्रकरणमा प्रहरीले उनीहरुसँग पनि बयान लिएको हो ।  तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए । 

अहिले भने पोखरेल गृह मन्त्रालयमै सहसचिवको रुपमा कार्यरत छन् भने पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका छन् । 

उनीहरुसँग नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सम्बन्धित शाखाबाट कसरी फाइल पास गरियो भन्नेबारेमा बयान लिइएको प्रहरी स्रोतले जनाएको छ ।  प्रहरीले उनीहरुसँग बयान लिइएको थप विषय खुलाएको छैन ।  यो प्रकरणमा अनुसन्धानरत प्रहरीले हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १३ जनालाई पक्राउ गरिसकेको छ भने अझैं केही फरार रहेका छन् । 

प्रहरीले यो प्रकरणमा मु्छिएका सबैलाई पक्राउ गरेर घटनामा दोषीमाथि कारबाही गर्ने बताउँदै आएको छ । जसमा सरकारले समेत गम्भीरता देखाउँदै प्रहरीलाई आवश्यक सहजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो