२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पक्राउ पुर्जी जारी नहुँदै बालकृष्ण खाणकी कान्छी श्रीमती ‘फरार’, सिड्नी पुगेको खुलासा

२०८०, १ जेष्ठ सोमबार ०९:१५

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै उनकी कान्छीपत्नी मञ्जु खाण सम्पर्कविहीन छिन् । उनी श्रीमानलाई भेट्न हिरासत नपुगेका कारण विभिन्न अड्कलबाजी भइरहेका छन् ।

खाण पक्राउ पर्ने दिनसम्म मञ्जु काठमाडौंमा नै थिइन् । तर, श्रीमान र श्रीमती अलग-अलग बसिरहेका थिए । खाण मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरबाट पक्राउ परेका हुन् । मञ्जु भने कुपण्डोलस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँग जानुअघि उनले श्रीमतीसँग भिडियो कल गरेको समाचारहरुमा जनाइएको छ । खाण पक्राउपछि मञ्जुको मोबाइल अफ भएको थियो । अहिलेसम्म पनि निरन्तर अफ छ । मञ्जु कहाँ छिन् भन्ने विभिन्न अड्कल भइरहँदा उनी अष्ट्रेलियाको सिड्नी पुगेको विश्वसनीय सूचना प्राप्त भएको छ । स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा रिसिभ गरेका थिए । अहिले छोरासँगै बसिरहे पनि उनी सार्वजनिक सम्पर्कमा छैनन् । उनले सोसल मिडिया पनि डिएक्टिभ गरेकी छन् । बालकृष्ण र मञ्जुको विवाह विवादित पनि छ । बालकृष्णले जेठी श्रीमतीसँग छोडपत्र नगरी मञ्जुसँग दोस्रो विवाह गरेका हुन् । मञ्जुको पनि यो दोस्रो विवाह हो । सिड्नीमा रहेका छोरा क्षितिज मञ्जुको पहिलो श्रीमानपट्टिका हुन् । पहिलो श्रीमानबाट मञ्जुका एक छोरी पनि छन् ।

बालकृष्णको पहिलो श्रीमती भने दिलमाया खाण हुन्, जो अहिले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा बस्दै आएकी छन् । त्यहाँ बालकृष्णको पुर्ख्यौली घर छ । दिलमाया सरकारी स्थायी शिक्षिका हुन् । बालकृष्ण र दिलमायाको २०४३ सालमा मागी विवाह भएको थियो । सञ्चारमाध्यममा आएअनुसार उनीहरुका दुई छोरी छन् । एउटी छोरी बंगलादेशमा डेन्टिस्टका रुपमा काम गर्छिन् भने अर्की छोरी काठमाडौंकै एउटा अस्पतालमा नर्सिङ अधिकृत छिन् ।

बालकृष्ण र मञ्जुको भने २०५२ सालतिर विवाह भएको बताइन्छ । मञ्जु पनि राजनीतिक पृष्ठभूमिबाटै आएकी हुन् । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदा उनीहरुको प्रेम सम्वन्ध भएको थियो । मञ्जु अहिले नेपाली कांग्रेसकी समानुपातिक सांसद छिन् । बालकृष्णका जेठी र कान्छी श्रीमतीको अहिलेसम्म भेट भएको छैन । दिलमाया काठमाडौं आउँदा बालकृष्णको घरमा बस्दिनन् । मञ्जु पनि अहिलेसम्म बालकृष्णको पुर्ख्यौली घरमा पुगेकी छैनन् । दुई श्रीमतीमध्ये दिलमाया सोझी छिन् भने मञ्जु कडा स्वभावकी छिन् ।

शरणार्थी प्रकरणमा आफू पनि तानिन सक्ने डरले मञ्जुले देश छोडेको दाबी गरिएको छ । सामाजिक सञ्जालमा एउटा अडियो पनि भाइरल भएको थियो, जसमा अज्ञात व्यक्तिले मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवालाई करोडौं रुपैयाँ दिएको दाबी गरेका छन् । यद्यपि, प्रहरीले यो अडियोको आधिकारिकता पुष्टि गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा