१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हात हल्लाउँदै सरकारी वकिल कार्यालय पुगे रायमाझी(तस्बिरहरू)

१ जेष्ठ २०८०, सोमबार ०९:२२

जेठ १, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । 

अर्घखाँचीबाट ‘काठमाडौँ आउँछु’ भनेर वचन दिएका रायमाझी बुटवलबाट फरार भएका थिए । रायमाझी वैशाख ३० गते मात्र काठमाडौँ आएका थिए । काठमाडौँ आएर उनी आफन्तको घरमा लुकेर बसेका थिए ।

प्रहरीले सोमबार रायमाझीलाई म्याद थपका लागि बबरमहलस्थित सरकारी वकिल कार्यालय पुर्‍याएका थिए । प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै सार्वजनिक भइरहँदा टोपबहादुरको शैली भने फरक देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो