२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेकी थिएँ, बन्दुक दाइजोमै आएको थियो– आरजु राणा

२०८०, १ जेष्ठ सोमबार ०९:५७

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरू गर्ने बेलामा पति शेरबहादुर देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेको घटना सुनाएकी छिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी आरजुले आइतवार राति योहो टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा देउवालाई पक्रन खोज्दा बन्दुक निकालेर मर्छु भनेको घटना स्मरण गरेकी हुन् । ‘… राजा ज्ञानेन्द्रले मेरो श्रीमानलाई पक्राउ गर्न निवासको सबै बत्ती निभाएर सिपाही पठाएका थिए । सिपाहीसँग एरेस्ट वारेन्ट थियो । त्यो बेला म एकदमै टेरोराइज भएको थिएँ । मैले आफ्नो बन्दुक निकालेको हो । मेरो श्रीमानलाई लग्यो भने आफूलाई मार्छु भनेको थिएँ’ आरजुले भनिन् । 


प्रश्नकर्ता जीवराम भण्डारीले बन्दुक निकाल्नुभयो, लाइसेन्सवाला ? भन्ने प्रतिप्रश्न गरे  । ‘लाइसेन्सवाला बन्दुक मेरो दाइजोमा आएको थियो,’ आरजुले भनिन् । 

‘मलाई कस्तो लाग्यो भने मान्छे बेपत्ता पारिन्छ, आधा रातमा लिएर गएको छ,’ उनले बन्दुक निकाल्नुको प्रसंग बारे भनिन् ।

माओवादी सशस्त्र द्वन्द्वको समय चलिरहेको समयमा देउवा पक्राउ परेका थिए । 

आफ्नो विवाह गर्ने सोच नरहेको र बुढेसकालमा चाहिन्छ भनेर बन्दुक किनेको उनले जिकिर गरिन् ।

‘मसँग लाइसेन्स भएको बन्दुक छ । पहिला विवाह गर्ने विचार थिएन । बुढेसकालमा सुरक्षाका लागि चाहिन्छ भनेर बन्दुक किनेर ल्याएको थिएँ,’ उनले भनिन् । 

राणाको छोरी भएकाले बन्दुक दाइजोमा पाएको उनले दाबी गरिन् । दाइजोमा पाएको हो कि आफैं किनेको भन्नेमा उनको मत बाझिएको थियो । 

आरजुले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको समेत जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता