१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेकी थिएँ, बन्दुक दाइजोमै आएको थियो– आरजु राणा

१ जेष्ठ २०८०, सोमबार ०९:५७

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरू गर्ने बेलामा पति शेरबहादुर देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेको घटना सुनाएकी छिन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी आरजुले आइतवार राति योहो टेलिभिजनमा प्रसारित एक अन्तर्वार्तामा देउवालाई पक्रन खोज्दा बन्दुक निकालेर मर्छु भनेको घटना स्मरण गरेकी हुन् । ‘… राजा ज्ञानेन्द्रले मेरो श्रीमानलाई पक्राउ गर्न निवासको सबै बत्ती निभाएर सिपाही पठाएका थिए । सिपाहीसँग एरेस्ट वारेन्ट थियो । त्यो बेला म एकदमै टेरोराइज भएको थिएँ । मैले आफ्नो बन्दुक निकालेको हो । मेरो श्रीमानलाई लग्यो भने आफूलाई मार्छु भनेको थिएँ’ आरजुले भनिन् । 


प्रश्नकर्ता जीवराम भण्डारीले बन्दुक निकाल्नुभयो, लाइसेन्सवाला ? भन्ने प्रतिप्रश्न गरे  । ‘लाइसेन्सवाला बन्दुक मेरो दाइजोमा आएको थियो,’ आरजुले भनिन् । 

‘मलाई कस्तो लाग्यो भने मान्छे बेपत्ता पारिन्छ, आधा रातमा लिएर गएको छ,’ उनले बन्दुक निकाल्नुको प्रसंग बारे भनिन् ।

माओवादी सशस्त्र द्वन्द्वको समय चलिरहेको समयमा देउवा पक्राउ परेका थिए । 

आफ्नो विवाह गर्ने सोच नरहेको र बुढेसकालमा चाहिन्छ भनेर बन्दुक किनेको उनले जिकिर गरिन् ।

‘मसँग लाइसेन्स भएको बन्दुक छ । पहिला विवाह गर्ने विचार थिएन । बुढेसकालमा सुरक्षाका लागि चाहिन्छ भनेर बन्दुक किनेर ल्याएको थिएँ,’ उनले भनिन् । 

राणाको छोरी भएकाले बन्दुक दाइजोमा पाएको उनले दाबी गरिन् । दाइजोमा पाएको हो कि आफैं किनेको भन्नेमा उनको मत बाझिएको थियो । 

आरजुले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको समेत जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो