जेठ १, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो | उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।