२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अग्नि सापकोटाको आरोप- १४ सांसदको सूचनाको टाँस नगरेपछि ओलीले निरन्तर आक्रमणको प्रयास गरिरहे

२०८०, १ जेष्ठ सोमबार ११:१९

जेठ १, काठमाडौं | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीलाई पुनर्गठन र समीक्षा गरेर जनताको विश्वास आर्जन गरेपछि कसैले हामीलाई परास्त नसक्ने बताएका छन् ।

अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीलाई दुई तिहाई मत जनताले दिएका थिए तर, हामीले जोगाउन सकेनौं । एकअर्कालाई दोष दिन त सकिएला तर, हाम्रो पनि कमजोरी छ। युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्न हाम्रो कमजोरी भएको छ ।’

कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्दा युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मैले तीन बर्षसम्म नेपालको तीन अंगमध्ये एउटाको नेतृत्व गरे । मैले वासिन्टङ डिसिलाई जे बुझे, मैले दिल्ली र बेजिङलाई जे बुझे त्यसको आधारमा म भन्दैछु हामी एक भयौं भने कसैको तागतले् हामीलाई परास्त गर्न सक्दैन ।’

पूर्वसभामुख समेत रहेका सापकोटालाई एकै वर्षमा दुई-दुई पटक संसद विघटन मुर्खहरुले गरेपनि पुनर्स्थापनासँगै विजय प्राप्त गरेको बताए । सापकोटा सभामुख हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुनर्स्थापना गरेको थियो ।

उनले १४ सांसदमाथि कारवाहीको सूचना टाँस नगरेपछि ओलीले जहाँ भेट्यो त्यही हमलाको प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘ममाथि बुटवलमा आक्रमण गर्ने प्रयास गरे, धुलिखेलमा आक्रमणको प्रयास गरे, सिन्धुपाल्चोकमै प्रयास गरेपनि मेरो गृहजिल्ला भएकाले निष्कनै सकेनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा