२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरौं : ज्ञानेन्द्र शाही

२०८०, १ जेष्ठ सोमबार ११:३६

जेठ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि यस्तै प्राक्टिस हुँदै आएको बताए । 


अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् । यो अहिले मात्रै होइन ३४ वर्षदेखि यस्तो प्राक्टिस भइहरेको छ’, शाहीको भनाइ छ । 

शाहीले भ्रष्टाचारका विरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए ।  उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ बर्षको हदवन्दी राख्न लागिएकोमा आपत्ति जनाए । शाहीले सडकमा नभई सदनबाट मुलुकका ठुलठुला भ्रष्टाचारका काण्डहरु ३३ केजी सुन, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यति, लडाकुका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्ट लगायतका काण्डमा लड्ने हो पार्टी, पंक्ति र सिद्धान्त र दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो भन्दै उनले प्रश्न गरे । 

‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?’, ठुला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहान्छु । यसो नगरौं । तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्युनीकरण गर्दैन ।’ उनले भ्रष्टाचारीलाई आजिवन कारावास र तिनपुस्ते सम्पति जफत गर्नेगरी कानुन बनाएर अघि बढ्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा