९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशमको मुद्दाको पेसी आज पनि, फैसला आउला ?

२ जेष्ठ २०८०, मंगलवार ०५:३२

जेठ २, काठमाडौँ | टीकापुर घटनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको पेसी आज पनि तोकिएको छ ।

रेशम चौधरीलगायतको यो मुद्दामा वैशाख २५ देखि अन्तिम सुनुवाइ भइरहेको छ । हिजो यो मुद्दा हेर्दाहेर्दैमा परेको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

चौधरी पक्षका कानून व्यवसायीले बहस गरिसकेका छन् । सोमबारबाट सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गरेका छन् ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए ।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी