२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते

२०८०, २ जेष्ठ मंगलवार ०६:१०

जेठ २, काठमाडौँ | सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पर्सी जेठ ५ गते ल्याउने तयारी गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् । 


‘सरकारकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ’, सभामुखलाई जानकारी गराउँदै प्रधानमन्त्रीले भनेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले त्यसपछि मात्रै नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बजेट भाषणअघि सरकारले संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन रहे पनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपतिले वाचन सुरु गरे पनि प्रधानमन्त्रीले पूर्ण वाचन गर्नेबारे दलहरूबीच छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा