९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राप्रपा बैठकमा अध्यक्ष चोर नेताको पछि लागेको भनेपछि रिसाए लिङ्देन !

२ जेष्ठ २०८०, मंगलवार ०६:४१

जेठ २, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । 

धुम्बाराहीमा सोमबार जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचनात्मक धारणा राखेका थिए । 


पार्टीमा विधि कायम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो । तर, धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनल मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी कार्कीलाई दिएपछि बैठकको माहोल बिग्रिएको केन्द्रीय सदस्यले जानकारी दिए । 

आम निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर एक ध्यानाकर्षण पत्र बुझाएका थिए । ३ बुँदे उक्त ध्यानाकर्षण पत्रमा पार्टीका तीन जना नेताको लागि मात्रै किन गठबन्धन गरिएको भनेर प्रश्न गरिएको थियो । यस्तै पार्टीमा योजना दिएका व्यक्तिहरुलाई वरिष्ठताका आधारमा समानुपातिकमा राख्न आग्रह गरिएको थियो । 

तर, यो विषयमा लिङ्देनले कुनै सम्बोधन नगरेपछि आफूले आजको केन्द्रीय समिति बैठकमा यही विषयसहित पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ भनेर उठाएको कार्कीले संचारकर्मीसँगको कुराकानीमा बताए ।   

‘हिजो पार्टी मै नभएका र भर्खर आएका मान्छेहरुलाई कमिटीहरुमा माथिमाथि राखिएको छ । तर, हाम्रो अध्यक्षले कांग्रेसको कार्यक्रममा गएर नेताहरु गाउँघरमा जाँदा को आयो को आयो भन्दा चोर आयो भन्छन् भन्नु भएको थियो । तर, चुनावमा गठबन्धन गर्न तपाईँ त्यही चोर नेताहरुको पछि लाग्नु भएको भनेर मैले प्रश्न गरेको हो’, उनले भने। 

चुनावमा एमालेलाई भोट नहाले कारबाही गर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको भोट घटेको समेत उनले बताएका थिए ।  गठबन्धन नगरिकन चुनावमा गएको भए पार्टीको हैसियत अझै माथि हुने भएपनि नेतृत्वले सही निर्णय लिन नसकेको उनको धारणा थियो । 

कार्कीले नेतृत्वको आलोचना गरेपछि पार्टीमा भ्रम सिर्जना गर्न काम भएको भन्दै लिङ्देन जंगिन पुगेका थिए ।  सो क्रममा लिङ्देनले अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि कार्कीले फेरि प्रतिवाद गरेका थए । ‘को को अनुशासनको कारबाही ? पार्टीमा लेख्न बोल्न पनि पाइँदैन ? हामीले तपाईँहरुलाई सच्चिनका लागि ध्यानाकर्षण पत्र बुझाउँदा अनुशासनको कारबाही हुन्छ ?’, कार्कीले प्रतिवाद गरेका थिए । 

जवाफमा लिङ्देनले आफूलाई तीन बुँदे ध्यानाकर्षणमा प्रयोग भएको आसेपासे शब्दले चित्त दुखेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी