२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : डा. स्वर्णिम वाग्ले

२०८०, २ जेष्ठ मंगलवार ११:४९

जेठ २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए । उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए ।


उनले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताए । उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए ।

उनले अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताए । उनले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए । उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताए ।

‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । कल्याणकारी राज्यलाई धान्न सकिने छ । त्यसरी युवा उद्योगीहरुले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो । निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो । सरल सिद्धान्तबाट हामी जानुपर्छ’, उनले भने, ‘निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो । त्यसमा हामीले लिएर जान्छौं । हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं । हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन । सन् २०५० एजेट सासाइटीमा जान्छौं । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ । छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ । कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो । भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ । १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ । विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं । राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन ।’

उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता