१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम

३ जेष्ठ २०८०, बुधबार ०५:३८

जेठ ३, काठमाडौँ | सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगे । हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन् ।

एलिजाले पनि आफू लाइनलाइटमा आउने अवसर किन खेर फाल्थिन् । उनले सर्वोच्चको फैसलाविरुद्ध चर्को अभिव्यक्ति दिइन् । रेशम चौधरी नछुटेको खण्डमा देशमा आगो लाग्ने घोषणा गरिन् ।

‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ एलिजाले भनिन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा ।’

निर्दोष व्यक्तिलाई ९–१० वर्षदेखि जेलमा राखिएको गुनासो गरिन् उनले । भनिन्, ‘तपाईं हामी सम्झिउँ न, हाम्रै दाजुभाई, हाम्रै परिवारमा यस्तो घटना घटेको भए कस्तो हुन्थ्यो होला ? हामीलाई आज त्यस्तै भएको छ ।’

सञ्चारकर्मीले उनलाई सोधे, ‘उक्त घटनाका मृतकका परिवारलाई पनि त्यस्तै पीडा भएको थियो होला नि त ?’ यो प्रश्नको जवाफ एलिजाले दिन सकिनन् । उनीसँगै रहेका कार्यकर्ताले बोले ।

उनले भने, ‘यो आन्दोलन हो साथी । तपाईंहरु ‘घटना’ नभन्नुस । टिकापुर घटना होइन, आन्दोलन हो । १७ हजार मारिँदा उनीहरुको चाहीँ परिवार थिएन ?’

एलिजाले आफूहरु यतिञ्जेल देशमा कानून छ भनेर चुप लागेर बसेको बताइन् । ‘हामीले स्वीकारेका थियौं । आज आउला, भोलि आउला भनेर यत्रो ९–१० वर्षसम्म चुप लागेर बसेका हौं । उहाँले न्याय पाउनुहोला भन्ने थियो । तर, खोइ त रु आज पनि हामी फुलमाला लिएर गेटमा बसेका थियौं, उहाँले सफाइ पाउनुहुन्छ भनेर । तर पाउनु भएन । एकदमै गलत निर्णय भयो । निर्दोष व्यक्तिलाई यसरी फसाउन पाइँदैन । अब हामी लड्छम् । सडकमा उत्रिन्छम्,’ आक्रोशित मुद्रामा उनले भनिन् ।

स्मरणीय छ कि धमलापत्नी एलिजा गत माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन् । उनी सो पार्टीका तर्फबाट एकपटक शीर्ष नेताहरुको बैठकमा समेत भाग लिन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी