१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

३ जेष्ठ २०८०, बुधबार ०६:५३

जेठ ३, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो ।


“मुलुक बनाउन बोकेका सपना  पूरा गर्न नभ्याउँदै उहाहरुको हत्या भयो,” अध्यक्ष ओलीले भन्नुभयो, “त्यो सपना आज उहाँहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उहाँले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उहाँको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उहाँहरुले छोडेर जानुभएको अभिभारा पूरा गर्न सकिने धारणा राख्नुभयो । 

अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राख्नुभयो । उहाँले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गर्नुभयो । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उहाँको भनाइ थियो । 

मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी