१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रेशम चौधरी भन्छन्–न्याय माग्न अब म कहाँ जाऊँ ?

३ जेष्ठ २०८०, बुधबार ११:१३

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशम चौधरीले अब न्याय माग्न जाने ठाउँ कतै नभएको बताएका छन् । सर्वोच्च अदालतबाट समेत सफाई नपाएपछि न्याय दिने थलोबाट पनि न्याय प्राप्त नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

२०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको नरसंहारमा दोषी ठहर भएका चौधरीको मुद्दामा सर्वोच्च अदालतले समेत दोषी ठहर गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । बुधबार सन्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले अन्तिम आशा राखिएको सर्वोच्च अदालतले पनि न्याय दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

चौधरीले सन्चारकर्मीसँग भने, ‘मलाई सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरामा विश्वास थियो । किनभने आन्दोलनको नेतृत्व गर्नुबाहेक हत्याको घटनामा मेरो कुनै संलग्नता थिएन । तर सर्वोच्च अदालतले पनि मलाई नै दोषी देखाइदियो । अब म न्याय माग्न कहाँ जाऊँ ?’

चौधरीले भने, ‘तपाईँहरू (मिडिया) टिकापुर जानुस्, त्यहाँ प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै सोध्नुहोस् । रेशम चौधरीको अपराध के हो भनेर सोधिदिनोस् । त्यहाँका अछामी समुदाय र थारु समुदाय के चाहन्छन्, त्यो पनि सोध्नुहोस् । उनीहरुले म दोषी नै हुन् भनेर भन्छन् भने म फाँसीमा चढ्न पनि तयार छु ।’

यसअघि टिकापुर क्षेत्रबाट संघीय सांसदमा निर्वाचितसमेत भएका चौधरी आफूलाई फसाइएको दाबी गर्छन् । उनी भन्छन्, ‘मेरो संलग्नता कसले कहाँ देखेको हो ? मैले कसलाई मारेको हो भनिदिनु प¥यो नि त ? हक अधिकारको माग गर्दै भएको राजनीतिक आन्दोलनको जिम्मा मैले लिन्छु, तर अपराधको जिम्मा लिन म सक्दिन । तर तीन तहको अदालतबाटै सह प्रतिवादीको पोलकै आधारमा मलाई दोषी देखाइयो, प्रमाण खोजिएन ।’

डिल्लीबजार कारागारमा कैदी जीवन बिताइरहेका चौधरीले जनताले न्याय दिएपनि अदालतले न्याय दिन नसकेको बताए । उनले भने, ‘पहिलोपटक म आफैँ निर्वाचित भएँ, त्यो पनि संघीय सांसदमा । मलाई कति प्रतिशत जनताले भोट दिएका थिए हेरे हुन्छ । त्यसपछि स्थानीय निर्वाचन र प्रदेश तथा संघीय निर्वाचनमा म संलग्न रहेको पार्टीलाई दिएको मत हेरे हुन्छ । यसको अर्थ जनताले मलाई बुझेका छन्, जनताबाट मलाई न्याय भएको छ । तर अदालतबाट भने मलाई न्याय हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी