१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी- पपुलिष्ट शक्तिबाट राजनीतिक संकटको समाधान हुँदैन

४ जेष्ठ २०८०, बिहीबार ०६:२५

जेठ ४, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजेको टिप्पणी गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास, निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुवाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्दैन।’

उनले पुपुलिष्ट शक्तिहरू अन्ततः यथास्थितिवादको पोषण भएको उल्लेख गर्दै दुनियाँका आन्दोलनहरूको अवसान त्यसरी नै हुने बताए।

‘आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रूपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मूल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभ लिने स्वार्थी तत्त्वहरूको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ ।’

आर्थिक सामाजिक व्यवस्थामा संकट उत्पन्न भएका वेलामा राजनीति त्यसबाट अछुतो हुन नसकेको बताए।

‘राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रित गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिबाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने वेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रित छलफल र बहसबाट भाग्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्।

राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न बाह्यशक्तिहरु निकै सलबलालाई रहेको उनको बुझाइ छ। नेपाली समाजको अन्तर द्वन्द्वका कारणले भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा रहेकाले पूर्वाग्रह त्यागेर जिम्मेवार हुन सबैलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी