२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी- पपुलिष्ट शक्तिबाट राजनीतिक संकटको समाधान हुँदैन

२०८०, ४ जेष्ठ बिहीबार ०६:२५

जेठ ४, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजेको टिप्पणी गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘आज हाम्रो समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख छ । आमरुपमा राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरू प्रतिको अविश्वास, निराशा र घृणा त्यसकै उपज हो । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुवाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्दैन।’

उनले पुपुलिष्ट शक्तिहरू अन्ततः यथास्थितिवादको पोषण भएको उल्लेख गर्दै दुनियाँका आन्दोलनहरूको अवसान त्यसरी नै हुने बताए।

‘आजको हाम्रो समाजका प्रमुख तीन समस्याका रूपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मूल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभ लिने स्वार्थी तत्त्वहरूको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो’ महासचिव पोखरेलले भनेका छन्, ‘सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ ।’

आर्थिक सामाजिक व्यवस्थामा संकट उत्पन्न भएका वेलामा राजनीति त्यसबाट अछुतो हुन नसकेको बताए।

‘राजनीतिलाई सही दिशा र गन्तव्यतर्फ डोर्याउने हो भने मुलुकका सामु उत्पन्न प्रमुख समस्याको निदानमा ध्यान केन्द्रित गर्नु पर्दछ । अहिलेको जस्तो सत्ताकेन्द्रीत राजनीतिबाट न त्यसको समाधान सम्भव छ, नत आवेग, उत्तेजना र आक्रोशबाट नै । गम्भीर भएर समस्या समाधानमा केन्द्रित हुनुपर्ने वेलामा हाम्रो समाजमा पुराना र नयाँको भाष्य खडा गरेर समस्या केन्द्रित छलफल र बहसबाट भाग्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्।

राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न बाह्यशक्तिहरु निकै सलबलालाई रहेको उनको बुझाइ छ। नेपाली समाजको अन्तर द्वन्द्वका कारणले भूराजनीतिक द्वन्द्वको चपेटामा पर्ने खतरा रहेकाले पूर्वाग्रह त्यागेर जिम्मेवार हुन सबैलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता