१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी

४ जेष्ठ २०८०, बिहीबार ०७:०९

जेठ ४, काठमाडौँ | बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।


विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । सोलुखुम्बु थामेका कामीरिता बिहान साढे ८ बजे चुचुरोमा पुगेका हुन् । यसअघि उनले २०७९ वैशाख २४ मा सगरमाथाको २६ औं आरोहण गरेका थिए ।२०२६ सालमा जन्मेका उनले २०४८/४९ बाट हिमाल चढ्न सुरु गरेका हुन् । सगरमाथासँगै उनले विश्वकै दोस्रो अग्लो हिमाल केटु, चोयु, ल्होत्से र मकालुलगायत आरोहण गरेका छन् । उनले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । उनीपछि पासाङ दावा शेर्पाले २६ पटकसम्म सगरमाथाको आरोहण गरेका छन् ।

यस्तै, पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन् । यती समूहका अध्यक्षसमेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन् । यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन । त्यसबेला उनी क्याम्प २ बाटै फर्केका थिए । पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन् । आरोहणपछि फर्कने क्रममा उनको बाटैमा निधन भएको थियो ।

 यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् । जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार ४ दिनयता सगरमाथा शिखरमा २५० जना पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी