१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

४ जेष्ठ २०८०, बिहीबार ०८:११

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा कुनै पनि प्रक्रिया गएर भए पनि एक महिना भित्र नागरिकता विधेयकको टुंगो लगाउने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक अघि बढाउने कि, नयाँ सदनबाटै त्यसको विषयमा संकल्प प्रस्तावमार्फत राष्ट्रपतिलाई अनुरोध गर्ने वा मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रपतिलाई अनुरोध गरेर गर्ने भन्ने विषयमा एक महिना भित्र टुंगो लगाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘यस अघि दुई वटै सदनबाट पारित भएर राष्ट्रपति कहाँ प्रमाणीकरणका लागि विधेयक पुगेको जानकारी नै छ । तत्कालीन राष्ट्रपतिले एक पटक सदनमा नै फिर्ता गराएको र अर्को पटक होल्ड गरेर राखेको पनि सबैलाई अवगत नै छ । यस विषयमा मैले बालुवाटारमा संविधानविद् र कानूनविदसँग छलफल गर्दा प्रमाणीकरण गर्न सकिन्छ भनेर पनि भन्नुभएको थियो । त्यसै अनुसार मैले अहिलेको राष्ट्रपतिलाई प्रमाणीकरण गर्दा कुनै बाधा नपर्ने सुझाव दिएको छु । राष्ट्रपतिले पनि यस बारेमा राय लिएर निर्णय गर्ने बताउनुभएको छ ।’

जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीले नागरिकतासँग सम्बन्धित प्रश्न गर्दै जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तानले कहिलेसम्म वंशजको नागरिकता प्राप्त गर्ने हो र वंशजको नागरिकता प्राप्त गरेकाले जन्मसिद्ध नागरिकता प्राप्त गरेको भन्दै नागरिकता विहीन भएका नागरिकले कहिलेसम्म नागरिकता प्राप्त गर्छन् भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी